गृह पृष्ठ

जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियाे,मर्मतमा छलफल


२१ माघ २०८१, सोमबार ००:००


काठमाडौं, जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रिएको छ । आरए ४३४ नम्बरको बाइडबडी जहाज बिग्रिएपछि उडान हुन नसकेको हो । नेपाली समय अनुसार बिहान ६ः१० मा उडान भर्न लागेको जहाजको टायर पड्किएपछि उडान हुन नसकेको हो ।

नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले टायर पड्किएपछि यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए । टायर ब्लास्ट भएको हो । त्यसलाई बनाउनुपर्ने भएको छ । यतबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्ने छलफल गनए अहिले हामी बसिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं,’ उनले भने ।

प्रकाशित : २१ माघ २०८१, सोमबार ००:००