Breaking News Post

सुदेश राईकाे राष्टियता झल्काउने गीत ‘वीर गोर्खाली’काे म्युजीक भिडियाे सार्वजनिक


२० असार २०८२, शुक्रबार ००:००


काठमाडाैँ,गायक सुदेश राईकाे सुमधुर आवाजमा राष्टियता झल्काउने गीत ‘वीर गोर्खाली’काे म्युजीक भिडियाे सार्वजनिक भएकाे छ । नेपाली भनेर चिनाउने विर नेपाली पहिचान ल्याउने खुकुरीकाे भरमा विश्व युद्द जितेर विश्वसामु चिनाएकाे छ । याे एउटा मन छुने नयाँ नेपाली गीत बनेकाे छ ।

यति मिठाे गितलाइ गितारमा बिपिन कार्की-सागर बस्नेत र ढोलमा सन्देश श्रेष्ठले साथ दिएका छन । रेकर्डिस्टमा मनोज संगसन राई,सुरेश पायल राईएकाे रहेकाे छ । यस म्युजिक भिडियाेमा दामी सिर्जनाले भिडियाे सम्पादन गर्नुभएकाे छ ।

यस म्युजीक भिडियाेमा छयांकन देव दोर्जे लामा तथा निर्देशन प्रकाश काे र शब्द रचना अनिला राईकाे रहेकाे छ । यसै म्युजीक भिडियाे अनिला राई अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

प्रकाशित : २० असार २०८२, शुक्रबार ००:००