गृह पृष्ठ

बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु


२० श्रावण २०८२, सोमबार ००:००


काठमाडौं, बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भइ काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी छिन् । उनको आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदीप चन्दले बताए ।

प्रहरीका अनुसार उनी सोमबार राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा ढुंगामा चिप्लेर उनी खोलामा डुबेकी थिइन् ।
खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो । उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा १:४८ बजे मृत्यु भएको बताइएको छ ।

प्रकाशित : २० श्रावण २०८२, सोमबार ००:००