९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेस गरिँदैछ ।
सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो ।
विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत पेस गरिँदैछ ।
उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।
प्रतिक्रिया