जुन ३,बेलायत
पूर्वी लिम्बुवान याङरक ओयाम लिम्बू बाहुल्य रहेको गाउँमा जन्मनुभएको हो लिला सेलिङ माबो । गाउँकै सरकारी
विद्यालय गुप्तेश्वर माविबाट ‘कपुरी क’ सुरु गरेकी लिलाले
बेलायतको प्रतिष्ठित युनिभरसिटी अफ सरेबाट स्नात्तकोत्तर
गर्न सफल भएकी छिन् । उनले युनिभरसिटी अफ सरेबाटै
क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ
रेस्पन्सिसिविलिटी) मा सफल्तापूर्वक एमएसी पूरा गरिन् ।
उनी एक सफल लेखिका पनि हुन् ।
लिला आफै लाहुरे श्रीमती भइन् र विगत दुई सय वर्ष गोर्खा
भर्तीले लाहुरे परिवार, समाज र नेपाली माटोले भोगेका तर
लुकेर बसेका दर्दनाक पीडालाई ‘लाहुरेनी पीडा’ कवितामा
खोतल्न सफल भइन् । लाहुरे कथा-व्यथा धेरै लेखिए । तर
लाहुरेनीको पीडा लेख्ने उनी पहिलो लाहुरेनीमा नाम दर्ता
गरिन् । ‘लाहुरेनी पीडा’को सफलतापछि उनले ‘मेमोरिज
अफ अ गोर्खा वाइफ ड्युरिङ लकडाउन’ अंग्रेजीमा अर्को
कवितासंग्रह ल्याइन् ।
जिम्मावाल सुब्बा भिमकुमार सेलिङका पहिलो सन्तान हुन्
लिला सेलिङ । पिता भिमकुमार गाउँकै गुप्तेश्वर माविका
पूर्वप्रध्यानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र
लेखकसमेत हुन् भने आमा राममाया यवा स्थानीय महिला
संगठनकी पूर्वअध्यक्ष हुन् ।
गुप्तेश्वर माविमा एसएलसी गर्ने गाउँकै पहिलो महिला र
शिक्षक सेवा आयोग पास गर्ने पनि लिला पहिलो महिला हुन्
। शिक्षाको महत्त्व राम्रै बुझेका सुब्बा परिवारले उनलाई उच्च
शिक्षाको लागि इलाम पठाए । इलाम महेन्द्र रत्न क्याम्पसमा
उनले स्नातकसम्म सकिन् । शिक्षक सेवा उत्तीर्ण प्रश्चात्
उनले आफ्नै पिताले स्थापना गरेको सिद्धेश्वरी प्रावि
ओयाममा पहिलोचोटी चक र डस्टरबाट मास्टरी जीवन यात्रा
सुरु गरिन् । उनीसँग ओयामकै धर्मभक्त माविमा प्रिन्सिपल
भएर काम गरेको अनुभवसमेत छ । शिक्षण पेसा, गृहणीसँगै
अध्ययनलाई निरन्तरता दिने क्रममा उनले पाँचथर बहुमुखी
क्याम्पसबाट मानविकी संकायमा स्नातक पूरा गरिन् ।
छिमेकी गाउँ थर्पु दारिम्बा दोस्रो रोयल गोर्खाका श्रीप्रसाद
माबोसँग विवाह भएपछि लिलाले अनेक आरोह-अवरोह
पार गर्दै यहाँसम्म आइपुगिन् । गोर्खा सेनालाई आवसीय
भिषाको प्रावधान मिलेपछि लिला परिवारसँगै यतै बसोबास
गर्न थालिन् । यहाँ बेलायतमा उनले बालबच्चाको पढाइ,
जागिर, समाजसेवासँगै आफ्नो पढाईलाई समेत निरन्तरता
दिइन् । उनले क्यून्स मेरी कलेज बेसिङस्टोकबाट ‘जिसिएचसी’, फान्ब्रो कलेजबाट बायोलजी साइकोलजी
एण्ड हिष्ट्रिमा ‘ए लेभल’ र वेम्ली लन्डनबाट ‘डेन्टल नर्ससिङ
डिप्लोमा’, युनिभरसिट सुरेबाट क्रिमिनोलोजी एण्ड
साइकोलजीमा बिएसई अनर्स र यही वर्ष युनिभरसिटी अफ
सरेबाटै क्रिमिनलोजी (कर्पोरेटिभ क्राइम एण्ड करपोरेटिभ
रेस्पन्सिसिविलिटी) मा सफलतापूर्वक एमएस पूरा गरिन् ।सन् २०१४ मा एकैपटक डेन्टल नर्सिङ नेशनल एण्ड
डिप्लोमा र जिसिएसई इङ्लिस र सोही वर्ष एमएससी
(मास्टर डिग्री) र जिसिएसई म्याथ्स सफलतापूर्वक पूरा
गरेको दिन जीवनका खुसी र सम्झनालायक मान्छिन् । उनी
किरात याक्थुङ चुम्लुङ महिला समिति थामेन्दिङ्गमाकी
संस्थापक अध्यक्ष एवम् यसै संस्था सरमोर शाखाकी
संस्थापक अध्यक्ष पनि हुन् । केवाईसी यूकेको संरक्षक
सदस्य लिला प्रारम्भमा यसै संस्थाको साहित्य, कल्चर हुँदै
उपाध्यक्षमा रहेर सेवा गरेकी छिन् ।
नेपाल आदिवासी जनजाति महासंघ यूकेको उपाध्यक्ष
सम्हालिसकेकी उनी हालै यही संस्थाको वरिष्ठ उपाध्यक्षमा
निर्वाचित भएकी थिइन् । स्थानीय रसमूर हेल्दी लिभिङको
बोर्ड ट्रस्टीका रूपमा कार्यरत छन् । साथै, बेलायतको
राजनीतिमा काउन्सिलर उम्मेदवार बन्ने दोस्रो नेपाली महिला
पनि हुन् । ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) महिला संयोजक हुँदै हाल उनी जीआरएनसीको महिला
पहिलो अध्यक्षको जिम्मेवारीमा छिन् ।
सम्मान :
कियाचु दक्षिण कोरिया वि.सं. २०७२
सेवारो कलाकारसँग यूके वि.सं. २०८१
कियाचु महिला कमिटी (थामेदिङ्गा) युके वि.सं. २०८१
पहिलो महिला शाखा तथा संस्थापक अध्यक्ष कियाचु
रशमोर शाखा युके
सम्मान कदरपत्र : याङ्वारक – ३ वार्ड ओयाम पाँचथर
ह्युमन राइट्स एन्ड पिस सोसाइटी नेपाल ‘शान्ति समाजको
स्रष्टा सम्मान पुरस्कार’: लिम्बु भाषाको प्रवर्द्धनमा योगदान
गर्ने लिला हाङ्गा सेलिङ माबोलाई चन्द्रकला खनाल अहिंसा
स्रष्टा सम्मान वि.सं. २०८१
अवार्ड :
बेस्ट लिरिस्ट अवार्ड – लिम्बु गीत ( सेप्मांगओ निनेआङ्ग)
नेशनल इन्दिजिनोश म्युजिक एन्ड फिल्म अवार्ड-२०२३
बेस्ट लिरिस्ट अवार्ड- नेपाली गीत (सिमाना) तेस्रो क्वालिटी
इन्टरटेन्ट अवार्ड-२०२३ (२९ भाषाभाषी तथा भेग विशेष
युनिभरसिटी अफ सरेबाट ‘एकेडेमिक इन्देभर अवार्ड’
प्रथम : कविता प्रतियोगिता ब्रुनाई वि.सं. २०५६
द्वितीय : अनलाइन भोटिङ प्रतियोगिता (विश्व साहित्यघर डट
कम) सन् २००९
सम्मान कदरपत्र : भाषा साहित्य गीत, कविता रचनामा
योगदान दिएबापत कियाचु नेपाल युप्पारुंग तंगबे अवसरमा
वि.सं. २०७२/५/१२माबोका कृतिहरु
१. कवितासंग्रह : लाहुरेनी पीडा वि.सं. २०७१
२.अंग्रेजी पुस्तक: मेममोवाज अफ ए गोर्खा वाइफ़ द्युरिंग
लकडाउन सन् २०२१
दोस्रो अंग्रेजी पुस्तक :सरे युनिभर्सिटीबाट मास्टर डिग्री
थेसिस Hidden Domestic Violence against
Black,South Asian Minority Ethnic Women
(BSAME) women in the UK रिसर्च कृति अक्टोबर
२०२५
३. कवितासंग्रह : सेमाङ्गलक् (याक्थुङ लिम्बु भाषा) वि.स.
२०८०
यस्तै कविता/गीत रचना : नेपाली, लिम्बू भाषा अनि अंग्रेजी
कविता, गीत रचना : नेपाली, लिम्बू भाषा अनि अंग्रेजी
नेपाली र लिम्बु भाषामा आधा दर्जन जति गीत रेकर्ड
श्रोत – www.Everesttimes.com











प्रतिक्रिया