ताजा घटना

इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ


२१ कार्तिक २०७७, शुक्रबार ००:००


इटहरीबाट ५६ बण्डल पटकासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका वडा नं. ८ पुष्पलाल चौकस्थित पूर्वी गैसार जानेबाटोको भित्री सडक खण्डमा प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु ल्याउँदैछन् भन्ने गोप्य सूचनाको आधारमा चारजनालाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इटहरी १३ बस्ने ३० बर्षीय रञ्जित सरदार (अटो चालक), इटहरी १२ बस्ने ३२ बर्षीया शान्ताकुमारी चौधरी, इनरुवा नगरपालिका ९ बस्ने २२ बर्षीय सतम अन्सारी र हरिनगर गाउँपालिका २ बस्ने २० बर्षीय दिनेश राम रहेका छन् । गएराती दक्षिण तर्फबाट आउँदै गरेको को. २२ प ३००२ नं. को मोटरसाईकल संगै रहेको को १ ह ७२६० नं. को अटो टेम्पुमा ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको बिष्पोटक पदार्थ (पटका) सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । पक्राउ परेका चारैजनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस:

काठमाडौं,कोरोना संक्रमण भएका बरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् । फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । गजुरेललाई गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका थिए ।

त्यसयता उनी घरमै आइसोलेसनमा बसिरहेका थिए । तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए । आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।

अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले अवस्था धेरै गम्भिर नरहेको बताए । गाम्नाङेले भने, ‘धेरै ठूलो समस्या होइन, सामान्य पनि होइन । ठिक हुन्छ । एकदमै राम्रोसँग उपचार भइरहेको छ ।

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार ००:००