मुख्य खवर

नुवाकोटकी २८ वर्षीया महिलाले जन्माइन् एकै पटक पाँच शिशु


२२ श्रावण २०७८, शुक्रबार ००:००


काठमाडौं, एक महिलाले एकै चोटी पाँच सन्तानलाई जन्म दिएकी छन् । नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले काठमाडौं स्थित थापाथली परोपकार प्रसूति गृहमा शल्यक्रियामार्फत पाँच सन्तानलाई जन्म दिएकी हुन् । शल्यक्रियामार्फत सुत्केरी भएकी तामाङले एक मृत शिशुलाई जन्म दिएकी हुन् ।

मत शिशु छोरा रहेको र बाँकी जिवित चार जना छोरी रहेको अस्पताले जनाएको छ । अप्रेशन टोलीका प्रमुख डा कीर्तिपाल सुवेदीले दिएको जानकारी अनसार एक शिशु मात्र नआईसीयूमा राखेको र बान्की तिन बच्चा आमालाई दिइसकेको जनाइएको छ । शिशुको तौल क्रमश १।८, १।९, १।६ ग्राम रहेको छ । एनआईसीयूमा राखेको बच्चाको तौल भने आठ सय ग्राम रहेको बताइएको छ ।

प्रकाशित : २२ श्रावण २०७८, शुक्रबार ००:००