मनोरञ्जन

सबिता राई र राजेश पायल राई को हर्पेमा घिउ बजारमा


२३ पुस २०७७, बिहिबार ००:००


काठमाण्डौ, राजेश पायल राई र सबिता राईको स्वरमा सबिता राईको ‘हर्पेमा आम्मै घिउ रैछ’ गीतको अफिसियल भिडियो श्रोता तथा दशर्कमाझ सार्वजनिक भएको छ । उक्त गीतको भिडियो फलैचा रेष्टुरेन्टमा ‘कृष्णभक्त राई एकल साझ ७७’को कार्यक्रममा सार्बजनिक गरिएको थियो ।

युवा संगीतकार अनिल कोयी राईले संगीत गरेको हुन । राजेश पायल राईको युट्युब च्यानलबाट हिजो दिउँसो सार्वजनिक गरिएको सो गीतमा निकै मिठो गाउघर, प्रकृती र प्रेमको बयन गरिएको छ । यस गीत अन्जन वाभुचा किरातिले लेखेको हुन् भने एरेन्ज राजु कार्की र कृष्ण भक्त राईको रहेको छ । मनोज साङसोहाङ र सुरेश राईको रेकोडिस्ट रेहेको यस गित किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतमा माय प्रेम, प्रकृती र सच्चा प्रेमलाई समाजले हेर्ने दृष्टिकोण तथा सच्चा प्रेमको कुराले मान्छेको मन पनि पग्लन्छ अनि प्रेम सार्थक हुन्छ भन्ने कुरा देखाउन खोजिएको छ । गीतमा प्रेमिलो तरिकाले केटाले केटिलाई माया, प्रेम र प्रकृतिको बखान गर्दै, समाजको सस्कृतिलाई उल्लेख गर्दै प्रेमको कुरा उठाउदै मिठो भाका शैलिमा आएको छ ।

फुलेन्देको आमा उमेश राई र अनुशा राईको अभिनयले गीतलाई जीवन्त बनाउन खोजिएको छ । सो अभिनयको छायांकन क्यामेरामेन दिनेश पराजुलिले गरेका हुन भने सम्पादन अमृत चापागाईले नै गरेका छन । यस भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेल र निर्देशन अनिल कोयी राईले गरेको हुन ।

https://www.youtube.com/watch?v=YBRv1-Oe2O0

 

प्रकाशित : २३ पुस २०७७, बिहिबार ००:००