खेलकुद

पुजा महतो टी-२०आई शृंखलाको उत्कृष्ट खेलाडी घोषित


२५ माघ २०८१, शुक्रबार ००:००


काठमाडौं, नेपाली क्रिकेट टिमकी अलराउण्डर पुजा महतो काठमाडौंमा सम्पन्न महिला टी-२०आई शृंखलाको उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी छन् । प्रतियोगितामान जितविहीन रहेपनि नेपालका लागि अलराउण्ड प्रदर्शन गरेकी पुजाले उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै स्कुटर जितेकी हुन् ।

उनले प्रतियोगिताभर ६ खेलमा एक अर्धशतकसहित १३४ रन बनाइन्‌ भने ३ विकेट पनि लिइन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् । यस शृंखलाको उपाधि थाइल्याण्डले‌ जितेको छ ।

प्रकाशित : २५ माघ २०८१, शुक्रबार ००:००