काठमाडौँ, प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप्रा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्रश्न गरेका छन् । मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे ।
झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा । राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो । यो खोजी कार्य जारी गर्न पर्यो,’ शाहीले भने । पार्टी प्रतिपक्षमा हुँदा जीवीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि शाहीले गरे ।
हिजो प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ,’ शाहीले भने । सरकारले नचाहेर राई पक्राउ नपरेको आरोप शाहीको छ । उनले सरकारले चाहेमा पक्राउ गर्न नसक्ने भन्ने कुरै नहुने बताए ।











प्रतिक्रिया