मनोरञ्जन

मेचु धिमालको लिम्बू गित “आदाङ्बे सेवारो” सार्वजनिक (भिडियोसहित)


२४ असार २०८२, मंगलबार ००:००


काठमाडौ – लिम्बू भाषाको म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ को भिडियो सार्वजनिक भएको छ । आइतबार गायिका तथा उक्त भिडियोको निर्देशक मेचु धिमालको युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

असित थेगिम र यासेली योङ्हाङ्को शब्द, रविना लिम्बुको शृङ्गार, उत्तमजंग लावती लिम्बुको संगीत, मेचु धिमालको स्वर  रहेको भिडियोलाई इसक जबेगुले छायांकन सम्पादन गरेका हुन।

काठमाडौमा छायांकन गरिएको भिडियोमा सागर केरुङ, मेचु धिमाल, सडज सम्बाहाङ्फे, सविन लिम्बू, गृष्म आङ्बुहाङ, नितुरानी नेम्बाङ, नुमा लिङ्देन, ज्योती लिम्बु र मनु पाहिमलाइ देख्न पाइन्छ ।

 

भइस अफ नेपाल सिजन – २ का सेमीफाइनलिस्ट मेचु धिमालले धिमाल भाषाका गीतहरु दर्जनौं गाएकी छिन भने  लिम्बू चलचित्र ‘रीत’ पनि स्वर दिएकी छिन । ‘सथिक मेबोक्से’ बोलको लिम्बू भाषाको गीत गाएकी मेचुको ‘आदाङ्बे सेवारो’ तेस्रो लिम्बू गीत हो ।

लिम्बू भाषा र धिमाल भाषाका अलावा दुई सयभन्दा धेरै गीतहरु गाएकी छिन । डेढ दशक लामो संगीत यात्रा गरेकी मेचुले धेरै सांगीतिक मञ्चहरुमा प्रस्तुत गर्दै आएकी छिन ।

भिडियो हेर्नुहोस

 

प्रकाशित : २४ असार २०८२, मंगलबार ००:००