मुख्य खवर

कुखुरी पहिले जन्मियाे कि अन्डा ? वैज्ञानिकहरुले दिए सफाइ


२६ असार २०८२, बिहिबार ००:००


कुखुरी पहिले जन्मियाे कि अन्डा ? यो प्रश्न अहिलेसम्म अनुत्तरित नै छ। अब अर्को प्रश्न थपिएको छ, अन्डा शाकाहारी कि मांशाहारी ? हामी यस प्रश्नमा धेरै अलमलिन्छौं । किनभने यो आफैंमा मासु जन्य होइन। वा मासु जस्तै कुनै सग्लो शरीर काटकुट गरिएको होइन । तर, यसको स्रोत भनेको कुखुरी नै हो।

साथसाथै अन्डा, जसबाट चल्ला पैदा हुन्छ। अन्डा चल्लाको स्रोत मात्र होइन । मिठो खान्की पनि हो। अन्डाको थरीथरी परिकार बन्छ। मासु नखानेहरुले समेत अन्डा खाने गरेको पाइन्छ । कतिले भने यसलाई मांशाहारीकै कोटीमा राख्ने गर्छन्। त्यही कारण उनीहरु मासु जस्तै अन्डा पनि खाँदैनन् ।

उनीहरुको तर्क हुन्छ कि, अन्डा भनेको कुखुराले दिने हो। यसले गर्दा यो ननभेज हो। तर, यस्तै तर्क गर्ने हो भने, दुधलाई पनि त ननभेज भन्नुपर्ने। किनभने यो पनि जनवारले दिने हो । अब तपाईं भन्नुहुन्छ कि, अन्डाबाट बच्चा पैदा हुन्छ । तर, बजारमा पाइने अन्डा अनफर्टिलाइज्ड हो। अर्थात् त्यसबाट कहिले पनि चल्ला पैदा हुँदैन। हुनै सक्दैन । अब भने यो विवादलाई विज्ञानले सफाइ दिएको छ। विज्ञानले भन्छ, अन्डा शाकाहारी नै हो। रिसर्च अनुसार अन्डाको सेतो भागमा केवल प्रोटिन हुन्छ। त्यसमा मासुको कुनै अंश हुँदैन।

प्रकाशित : २६ असार २०८२, बिहिबार ००:००