सांसद भुसालले जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आफूले आग्रह गरेको उल्लेख गरे।
‘बजेट अघि प्रधानमन्त्रीसँगको सामूहिक भेटमा सहभागी हुने अवसर प्राप्त भएको थियो। त्यसक्रममा अर्घाखाँचीको महत्वपूर्ण योजनाबारे ध्यानाकर्षण गराइएको थियो। सम्बन्धित मन्त्रालय र सचिवालयले आश्वस्त पारेपछि जिल्लाबासीहरूलाई यसपटक योजना पर्छन्, यो यो पर्छन् भनेर विश्वास पनि दिलाएका थियौँ,’ भुसालले बैठकमा भने, ‘तर बजेट आएपछि धेरै योजना समेटिएनन्। अहिले जिल्लामा जनताले सोधिरहनुभएको छ – तपाईंले भनेका योजना खै, कहाँ गए?’
भुसालले बैठकमा बोलिरहँदा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल भने बैठकमा सहभागी थिएनन्।
‘सरकारलाई प्रश्न छ – अब हामीले के उत्तर दिने हो,’ भुसालले भने, ‘जिल्लाका प्रमुख र रणनीतिक सडकलाई सुहाउँदो बजेट दिन आग्रह गरेको थिएँ। तर सालझण्ढी ढोरपाटन सडक बाहेक अरू सडकलाई बहिष्करणमा पारियो।’
उनले सरकारलाई दुर्गम जिल्लाप्रतिको संवदेशिलता बढाउन आग्रह गरे।
‘बजेट शक्तिकेन्द्रको वरिपरि घुम्यो भनेर आरोप लगाउन म चाहन्नँ,’ भुसालले भने, ‘तर सरसर्ती राता किताब हेर्दा र पढ्दा शंका गर्न प्रशस्त ठाउँ छन्।’











प्रतिक्रिया