मनोरञ्जन

पूजा र राजको अभिनयमा ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक


२६ भाद्र २०७७, शुक्रबार ००:००


काठमाडौँ ,नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेको गीत ‘लिन आउँछु भन्थ्यौ’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यो गीतमा गायिका उर्मिला लाम्गाडेको स्वर छ ।

हाल अमेरिकामा बस्दै आएकी उर्मिलाले ‘दलन’ नामक सिरियलमा काम गरेकी थिइन् । उनको आवाजमा समावेश यो पहिलो गीत हो । दिग्गज धौरालीको शब्द रहेको गीतमा संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् ।

यो गीतको भिडियोमा नायिका पूजा शर्मा र कलाकार राज कटुवालले अभिनय गरेका छन् । डान्सिङ नम्बरमा तयार पारिएको गीतको भिडियोमा पूजाले पनि खुलेरै नृत्य गरेकी छिन् । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार ००:००