खोटाङको रावाबेँसी गाउँपालिका २ खार्पा रुभुङको साकेला थानमा विश्राम स्थल निर्माण गरिएको छ । ब्रिटिस आर्मी दल बहादुर राईले जन्मथलोलाई योगदान गर्ने उदेश्यले ३ लाख ३६ हजार २ सय ७० रुपैंयाको लागतमा सो विश्राम स्थल निर्माण गराएका हुन् ।
साकेला थानमा हुने साँस्कृतिक कार्यहरुमा आउने आगन्तुकहरुलाई विश्रामका लागी विश्राम स्थल निर्माण गराएको राईले बताए । वडाको पञ्चकन्या आधारभुत विद्यालयका शिक्षक ओम बहादुर राईको पहलमा निर्माण भएको उक्त विश्राम स्थलको आज रुभुङका ज्येष्ठ नागरिक गौल बहादुर राईले उद्घाटन गरेका हुन् ।











प्रतिक्रिया