Breaking News Post

कांग्रेस सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता


२६ श्रावण २०८३, मंगलबार ००:००


२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भेट भएको पुष्टि गरे । उनले बिहान साढे ९ बजे विशालनगरमा भेट भएको जानकारी दिँदै पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताए ।

‘पार्टी मिलाउने विषयमा कुराकानी भयो । अरू केही होइन,’ थपलियाले भने ।

प्रकाशित : २६ श्रावण २०८३, मंगलबार ००:००