दैलेखमा मंगलबार फरक शैलीमा घटना भएको छ । गुराँस गाउँपालिका–८ मा रहेको मालिका माध्यमिक विद्यालयका शिक्षक नगेन्द्र बिसीको गए राति घाँ’टी रे’टेर ह’त्या भएको प्रहरीले जनाएको छ । सो घटनाबारे अनुसन्धान शुरु गरिएको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
सोमबार बिहान दूध पुर्याउन बजार जाँदै गरेका स्थानीयले शिक्षक बिसीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दैलेखका प्रहरी प्रमुख अनुप श्रेष्ठका अनुसार यस्तो अवस्थामा शिक्षकको शव भेटिएको छ। ‘स्कूलकै प्रांगणमा वि’भत्स तरिकाले शिक्षकको ह’त्या भएको छ,’ उनले भने, ‘ह’त्या कसले र किन गर्यो भन्ने यकिन भएको छैन।’
४२ वर्षका उनको शव विद्यालयको बरण्डामा फेला परेको हो । ह’त्याको आ’शंकामा प्रहरीले दुई जना व्यक्तिहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुको विवरण खुलाइएको छैन।











प्रतिक्रिया