३१ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट डिग्री लिएका विद्यार्थीको समकक्षता रद्द गरेको छ ।
केन्द्रले बुधबार सूचना जारी गरी ३५ दिनभित्र प्रमाण पेस गर्न भनेकाले उक्त सयम सकिएपछि रद्द गरिएको जनाएको छ ।
‘समकक्षता पत्रहरू रद्द गर्ने प्रकृया बमोजिम ३५ दिने सूचना गोरखापत्र दैनिकमा प्रकाशित गरिएकोमा सो ३५ दिन पनि व्यतित भइसकेकोमा सूचनामा उल्लेखित व्यक्तिले पेस गरेका कागजातबाट समकक्षता रद्द गर्नु नपर्ने आधार नभएकाले तपसिलमा उल्लेखित व्यक्तिहरुको नाममा जारी भएका समकक्षता पत्रहरू त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम रद्द गरिएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।
भारत मेघालयको सीएमजे विश्वविद्यलयबाट डिग्री लिएका १३ जना, भारतस्थित मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट डिग्री लिएका ९८ जना, भारत झारखण्डको प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयको एक जना र टेक्नो ग्लोबल विश्वविद्यालयका दुई जनाको रद्द गरिएको केन्द्रले जनाएको छ ।
भारतको सरकारी निकायले विश्वविद्यालयका शैक्षिक योग्यतालाई अवैधानिक भनेपछि त्रिविले आफूले दिएको समकक्षताबारे छानबनि गर्न समिति बनाएको थियो ।
कतिपय विद्यार्थी सम्पर्कमा पनि आएका थिए । तर, केन्द्रले समकक्षता रद्द गरेको छ ।
हेर्नुहोस् समकक्षता रद्द गरिएकाहरूको सूची :











प्रतिक्रिया