मुख्य खवर

पत्रकार दिलभूषणलाई पक्राउ नगर्न उच्च अदालले आदेश


२ असार २०८२, सोमबार ००:००


काठमाडौं, पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।

प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । तत्काललाई गिरफ्तार गर्न पाएन । ५ गते बहस हुन्छ ,’ उनले भने, ‘यसपछि अदालत जुन निष्कर्षमा पुग्छ त्यही अनुसार हुन्छ । अहिलेलाई गिरफ्तारी रोकियो ।

प्रकाशित : २ असार २०८२, सोमबार ००:००