काठमाडौं, प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।
भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् ।
कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकामा कोरोनाका कारण मन्दिर बन्द गरिएको छ ।
भगवान् नारायणका मुख्य मुख्य मन्दिर बन्द गरिएपनि विभिन्न स्थानमा छरिएर रहेको मन्दिरमा भने भक्तजनको भीड लाग्छ । कोरोना जोखिमका कारण मानिस मन्दिर जान सक्ने अवस्था नभएपनि कतिपय स्थानमा दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भक्तजन जम्मा हुन्छन् ।
धेरैजसो मन्दिर पनि आम मानिसलाई दर्शन एवं पूजा आजाका लागि बन्द गरिएको छ । ती मन्दिरमा नित्य पूजा आराधना मात्र हुने गरेको छ । एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडो लगायत फलाहार गर्ने गरिन्छ ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ ।
वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रुपमा पुष्टि भएको छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।
तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ । कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडिबुटीले काम गर्ने जनाइएको छ ।
गत वर्षदेखि सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बजार बढेको छ । यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ । एकादशी विशेष, हरिशयनी एकादशी किन मनाउनेर ? यत्त एकादशीमा पुजा गर्दा के कस्तो फल मिल्छरु आउनुहोस युवा ज्योतिष केशव गौतमबाट जानकारी लिऔँ । आषाढ शुक्ल एकादशीका दिन भगवन नारायण शे’ष’शै”यामा शयन गर्नुहुन्छ । कार्तिकशुक्ल एकादशीमा शो”षशै;;याबाट भगवन नारायण जाग्नुहुन्छ ।
त्यसकारण यी दुई एकादशीमा जसले निरन्तर भगवनको पूजा गर्दछ त्यसका हरेक पा”’पहरू न”ष्ट हुन्छन् । हरिसयनी एकादशी मा तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ,नू’र नामक रा’क्ष’सको आ”’तं’कबाट मु”क्ति दिलाउन विष्णुले सं”घर्ष गर्नुपरेको र थ’कान मे”टाउन बद्री आ’श्रममा गएर श’यन अर्थात् सु’तेको कथा प्रचलनमा रहेको छ।
जान्नुहोस् यो तिथिमा के गर्नुहुन्छ के गर्नुहुन्दैन ।
के–के गर्दा अ’चु’क फाईदा
यो दिन पूजन पाठले सबै झन्जट, दु ‘ख क ‘ ष्ट ह टेर जानेछन् । सबै प्रकारका मो हपनि ह टेर जानेछन् । यसैले मनमा शान्ति छाउनेछ । यो दिन व्रत जरुर बस्नुहोस् ।
ब्रत बस्ने व्यक्ति बिहानै उड्नुपर्नेछ । स्नान पछि सूर्यलाई जल चढाउनुहोस् । भगवान विष्णुका अगाडी पुगेर व्रत बस्ने संकल्प गर्नुहोस् । दिनभर निराहार व्रत बस्नुहोस् । संभव छैन भने फलाहार खाएर व्रत बस्नुहोस् । साँझ भगवान विष्णु र देवी लक्ष्मीको विधि–विधानले पूजा गर्नुहोस् ।
एकादशीको दिन बिहानै तुलसीको बृक्ष रहेको मोडमा जल चढाउनुहोस् । साँझ तुलसीको नजिक शुद्ध घिउको दीप ज लाउनुहोस् । तुलसी परिक्रमा गर्नुहोस् । एकादशीमा भगवान विष्णुलाई खीर, पहेलो फल या पहेलो रंगको मिठाईको भोग लगाउनुहोस् । यस दिन दक्षिणावर्ती शंखमा गंगाजल भरेर त्यसले भगवान विष्णुलाई अभिषेक गर्नु अति शुभ मानिन्छ । तपाई चाहानुहुन्छ भने दूध र केसर मिलाएर भगवान विष्णुको अभिषेक गर्नुपर्नेछ ।
कुनै मन्दिरमा गएर अन्न (गहूँ, चामल आदि) को दान गर्नुहोस् । भगवान विष्णुलाई पी’तां’बरधारी’ पनि भनेर सम्झिने गरिन्छ । यसैले एकादशीमा उहाँलाई पहेलो वस्त्र अर्पित गर्दा फल मिल्नेछ । भगवान विष्णुलाई तुलसीको माला चढाउनु अति उपयुक्त हुनेछ ।
एकादशीमा के गर्नुहुन्न
एकादशीमा क्रो’ध, रि’स त्याग्नुपर्नेछ । घरमा कुनै प्रकारको वा’दवि’वाद या’क्लेश राख्नबाट बच्नुपर्नेछ । व्रत बस्ने व्यक्तिले ईमानदारी पूर्वक काम गर्नुपर्नेछ । बिहान अ’बेरसम्म सुत्नुहुन्न । कुनै प्रकारको न’शा सेवन गर्नुभएन ।











प्रतिक्रिया