सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रत्येक वडालाई रु एक करोड बजेट विनियोजन गर्ने प्रस्ताब गरेको छ । गाउँपालिको आगामी गाउँसभामा प्रस्तुत गर्नका लागि स्रोत अनुगमन तथा बजेट सिमा निर्धारण समितिले यो प्रस्ताब गरेको हो ।
पालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षता बसेको समितिको बैठकले स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६६ अनुसारको यो सीमा निर्धारण गरेको छ । गाउँसभाले सो प्रस्ताव पारित गरेमा महाकुलुङका हरेक वडाले एक करोड रुपैँयाको सीमा भित्र पुँजीगत खर्च हुने योजना छनोट गर्नुपर्ने छ । महाकुलुङ गाउँपालिकामा ५ वटा वडा रहेका छन ।
पालिकाले सडक, भवन तथा यातायात पूर्वाधार निर्माण, खानेपानी, सिंचाई, शिक्षा तथा खेलकुद, स्वास्थ्य सेवा सुविधा, कृषि, पशुसेवा, आय–आर्जन, पर्यटकीय पूर्वाधार विकास, र रोजगार प्रवद्र्धनको क्षेत्रमा प्राथमिकता दिएको छ । पालिकाको कुल बजेट उनन्चालिस करोड बयालिस लाख पचास हजार निर्धारण गरेको छ ।
आ.व. २०८२/८३ को वजेटको लागि आन्तरिक आय,बैंक माैज्दात,प्रदेश, अनुदानहरु,संघीय अनुदानहरु सहितको बजेट स्राेत अनुमान तथा कूल वजेट सीमा देहाय वमाेजिम रहेकाे छ ।
बजेट स्राेत अनुमान अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ को कूल वजेट सीमा रुपैयाँ उनन्चालिस करोड बयालिस लाख पचास हजार रहकाे छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को लागि वजेटको लागि देहाय वमाेजिमकाे प्राथमिकता निर्धारण गर्ने बजेट सिमा निर्धारण समितिले निर्णय गरिकाे छ ।
क) सडक, भवन तथा यातायात पूर्वाधार निर्माण
ख) खानेपानी,सिंचाई
ग) शिक्षा तथा खेलकुद
घ) स्वास्थ्य सेवा सुविधा
ङ) कृषि, पशुसेवा
च) आय-आर्जन
छ) पर्यटकीय पूर्वाधार विकास
ज) रोजगार प्रवर्द्धन
झ) अन्य
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि महाकुलुङ गाउँपालिका, कार्यपालिका कार्यालय,विभिन्न शाखा तथा वडाहरुले कायक्रय निर्माण गरी वजेट विनियोजन गर्ने प्रयोजनका लागि देहाय अनुसारको वजेट सीमा निर्धारण समितिले गरेकाे छ ।
क) वडागत वजेट सीमा निर्धारण (चालु र पूजीँगत)











प्रतिक्रिया