Breaking News Post

सुम्निमा पारुहाङको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न


८ बैशाख २०८२, सोमबार ००:००


काठमाडौं,साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिद्वारा साल्पा सिलिचुङ/सिलिछो परियोजना अनुरुप दोस्रो चरणको कार्यक्रम अन्तर्गत किरातीहरुको पवित्र मुन्दुमी स्थल साल्पा पोखरीको परिसरमा नयाँ वर्ष २०८२ को पावन अवसरसँगै गएको बैशाख १ गते सुप्तुलुङ तिनचुला पुजा थान सहित सृष्टिकर्ताहरु सुम्निमा पारुहाङ (निनामरिदुम पारुयन्दा) को दुईवटा विशाल प्रतिमा अनावरण कार्यक्रम सम्पन्न भएको हो ।

नेपालका विभिन्न ठाउँबाट उपस्थित रहेका सयौं मानिसहरुको बीचमा साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङको हातबाट दुवै प्रतिमालाई औपचारिक रुपमा अनावरण गरिएको हो भने किराती धामी/बिजुवा बल बहादुर कुबित्तीले कुलुङ भाषामा कुलु रिदुम अर्थात किराती मुन्दुमद्वारा मुन्दुमी विधिअनुसार अनावरण कार्यक्रम सम्पन्न गरेको हो ।

सुम्निमा पारुहाङको दुई विशाल प्रतिमा स्थापना गरि स्थानीय सरकार साल्पासिलिछो गाउँपालिका चौकिडाडा -०५, भोजपुरलाई औपचारिक रूपमा हस्तान्तरण गरिसकेको जानकारी गराउदै साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष मुलघरे कान्छाले अब तेस्रो चरणको कार्यक्रम अन्तर्गत चिण्डो आकारको ठुल-ठुला गेट निर्माणको कार्य पनि चाडै सम्पन्न हुने महाकुलुङ न्यूज डटकमलाई जानकारी दिएका छन् ।



प्रकाशित : ८ बैशाख २०८२, सोमबार ००:००