मनोरञ्जन

सेमे:वा टोली हङकङ पुगिसक्यो,जुन २२ मा प्रदर्शनको तयारी पूरा


७ असार २०८२, शनिबार ००:००


७ असार,काठमाडौ

सेमे:वा चलचित्र प्रदर्शनको निमित्त कलाकार र निर्देशक हङकङ पुगिसकेका छन।
नायक रुद्र पाहिम, नायिका पबि तेम्बे र निर्देशक दिलिप फुरुम्बो हङकङ पुगेका हुन। कलाकार हरुलाई संयोजक रबिन कुमार नाल्बोले स्वागत गर्नुभएको थियो।


आउँदो जुन २२ को दिन यउ मा तेई कम्युनिटी हल मा साँझ ६ बजे देखि सेमे:वा प्रदर्शन हुने भएको छ।
यहि चलचित्र बाट 4th Quality Entertainment Award 2081 मा उत्कृष्ट नायकको अवार्ड रुद्र पाहिम र नायिकाको अवार्ड पबि तेम्बेले हात पारेकी छिन भने उत्कृष्ट निर्देशक फुरुम्बो ले हात पारेका हुन।

उनको ५औं चलचित्र नामओती केही दिन अघि बिग मुभिजमा पहिलो प्रीमियर शो सम्पन्न भएको थियो।
हङकङ प्रदर्शनको सम्पुर्ण तयारी भएको संयोजक समाजसेवी,निर्माता,सफल ब्यबसायी रबिन कुमार नाल्बोले बताउनुभयो।

प्रकाशित : ७ असार २०८२, शनिबार ००:००