दाङमा भएको एक घटनाले मानिसमा मानवियता हराएको प्रमाणीत गर्छ । श्रीमान टिपर चलाउँथे । महिला आफ्नो बहिनीलाई समेत लिएर श्रीमानले चलाउने टिपरमा कतै जाँदै थिइन् ।
उनले कल्पना पनि गरेकी थिइनन् उनको जिवनमा यस्तो घटना होला भनेर । लमही नगरपालिका–७ कमानपुरको जंगलमा जब टिपर पुग्यो । कुनै तीन जना पुरुषले गाडी रोके।
उनीहरु पनि यात्री होलान् भनेर महिलाका श्रीमानले टिपर रोके । तर उनीहरु यात्रु थिएनन् । चालकलाई बाहिर निकाले । लगेर पर रुखमा उनलाई बाँ धे ।
अनि टिपर चालकको श्रीमती र सालीलाई पनि बाहिर निकालेर अनैतिक काम गरे । गाडीमा चालक संगै सहचालक पनि थिए। दुवै जनालाइ रुखमा बाँ धेका थिए।
आफ्नै अगाडी श्रीमती र साली मा थि अनैतिक काम हुँदा पनि उनले बचाउन सकेनन् । यस घटना पछि श्रीमानले प्रहरी कार्यालयमा उजुरी दिए । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा लमही ७ कमानपुरका २१ वर्षीय किरण बुढालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार अन्दाजी २० वर्षीय प्रेम परियार र लमही ६ देउपुरका सोही उमेरका अजुर्न चौधरी भने सम्पर्क विहिन छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।











प्रतिक्रिया