समाचार

यूकेमा आगामी मे ३० को दिन सामूहिक साक्मुरा वादेम्मा हुँदै


९ बैशाख २०८३, बुधबार ००:००


२२ अप्रिल,युके

बेलायत युके मा वार्षिक सामूहिक साक्मुरा वादेम्मा सेवा हुने भएको छ।

आगामी ३० मे २०२६ को दिन आशफोर्ड केन्ट स्थित भिक्टोरिया पार्कमा हुने सेवाको मुख्य आयोजना किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको रहेको छ ।
कार्यक्रममको संयोजक निर्मल पतङवा 07895685081, सह- संयोजक केवाहाङ चेम्जोङ 0773605339 रहेका छन् ।

किरात धर्म तथा साहित्य उत्थान संघ यूकेका अध्यक्ष राजेन्द्र खिम्दिङका अनुसार बर्सेनि युके बासी तमाम भक्तजन हरुको बाक्लो उपस्थितिमा यसरी सामूहिक सेवाको आयोजना गर्ने गरिएको छ।

प्रकाशित : ९ बैशाख २०८३, बुधबार ००:००