काठमाडौं आजदेखि कक्षा १२ को परिक्षा सुरु भएको छ । वैसाखमै हुनुपर्ने यो परिक्षा कोरोना महामारीका कारण सञ्चालन गर्न सकिएको थिएन । काठमाडौंको धापासीस्थित तिलिङटार उच्चमाध्यमिक विद्यालयका प्राचार्य सरोज पाण्डेका अनुसार कोरोना सर्ने जोखिम कमगर्न भौतिक दूरी कायम गरि परिक्षा सञ्चालन गरिएको छ ।
सरकारले व्यवस्था गरेको सुरक्षा मापदण्ड अनुसार नै परिक्षा सञ्चालन गरिने राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष प्रा.डा चन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनले कोभिड संक्रमणमा परेका विद्यार्थीका लागि पछि पनि परिक्षा दिने व्यवस्था गरिएको बताए । मंगलबार विहान ८ बजेबाट सुरु भएको परिक्षामा सहभागी हुनका लागि ४ लाख ३३ हजार १८० विद्यार्थीले आवेदन दिएका थिए । यो परिक्षा ४० पूर्णाङ्कको हो ।











प्रतिक्रिया