८ भाद्र्/काठमाडौ
सागर केरुङ को लेखन तथा निर्देशनमा बनेको चलचित्र “के” ले नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा बेस्ट स्टोरी अवार्ड हात पारेको छ 
अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र के ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालककी नायिका तिला मगरले अवार्ड जितेकी छिन भने नेवारी चलचित्र जा मन गुभाजुले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाङ्कन र दर्शक रोजाइको पुरस्कार जितेको छ । यसै गरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् । 
२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेषभुषा, संस्कृतिको संरक्षण र संवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ । अवार्ड वितरण समारोहमा युवाहरूको ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिलाएका थिए भने विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरिएको थियो। 
चलचित्र “के” ले यसअघि पनि नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ मा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्ड 2019 मा उत्कृष्ट अवार्ड र जोमोगान अवार्ड 2020 थाइल्यान्डमा अफिसियल सेलेक्सन अवार्ड समेत प्राप्त गरिसकेको छ ।

विश्व आदिवासी दिवस २०२१ को अवसरमा आयोजित नेपाली आदिवासी चलचित्र महोत्सव २०२१ मा छनौटमा परेका ७ उत्कृष्ट चलचित्रहरू लाई प्रदर्शन समेत गरिएको थियो। ७ भाषाका ७ वटै समुदायका चलचित्रहरूमा
मि न्होर्वै ट – गुरूङ,प्रङना – तामाङ,मेतोक – ह्योल्मो,जा मन:गुभाजु- नेवार,ट्याङचलाक- मगर,सायाबुङ- राई र के:- लिम्बू छनौटमा परेका थिए।

केरुङ्ले ले यसअघि नुमाहाङमा – २०६६,केमाबा लाजे? – २०६७,पासीभञ्ज्याङ – २०७०,दोश्रो नागरिक – २०७१,सैमुन्द्री – २०७२,साक्थिम् – २०७३,सक्सा नु पेन्युक – २०७५,तियाहा – २०७७ लगायत चर्चित कृतिहरु लेख्नुभएको छ । लिम्बू कथानक चलचित्र (के),लिम्बू कथानक चलचित्र (हेत्लुक्वा),लिम्बू कथानक चलचित्र (साम्),लिम्बू चलचित्र (तुम्याहाङ),लिम्बू कथानक चलचित्र (अम्लारीफुङ),लिम्बू कथानक चलचित्र (थेत्लङ),लिम्बू कथानक चलचित्र (थिम्),नेपाली कथानक चलचित्र (रित),नेपाली कथानक चलचित्र (जीवन), लिम्बू कथानक चलचित्र (लोजिमा),लिम्बू चलचित्र (पुङ्साम),गुरुङ चलचित्र (तोने)लिम्बू कथानक चलचित्र (फुङ्वामा),थारु चलचित्र पायल जस्ता चलचित्रहरुमा समेत लेखन/निर्देशन/निर्माणमा संलग्न छन भने सयौं गीतहरु,सयौं म्युजिक भिडियोहरु पनि निर्माण तथा निर्देशन गरिसकेका छन।












प्रतिक्रिया