काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिवङ्गत पार्टी केन्द्रीय सदस्य पदम राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्वर्गीय राईको पार्थिव शरीरमा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
स्वर्गीय राईलाई श्रद्धाञ्जली दिन पूर्वसभामुख अग्नि सापकोटा लगायत माओवादी केन्द्रका नेता कार्यकर्ता र सर्वसाधारण पेरिसडाँडा पुगेका थिए । माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री राईको शनिबार निधन भएको हाे।
उनी पार्किन्सन रोगबाट थलिएका थिए। राईको निधनबाट आफू दुखित भएको अध्यक्ष दाहालले बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’पार्किन्सन रोगबाट थलिनुभएका हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य एवं पूर्वमन्त्री क। पदम राईको निधनले दुखित बनाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।











प्रतिक्रिया