मनोरञ्जन

सेमे:वा हङकङमा भब्य प्रदर्शन,कलाकार हरुलाई सम्मान नै सम्मान


१० असार २०८२, मंगलबार ००:००


असार १०,हङ्कङ

सेमे:वा चलचित्र हङकङमा भब्य प्रदर्शन भएको छ।
गत जुन २२ मा हङकङको यउ मा तेई कम्युनिटि हलमा भएको प्रदर्शनमा व्यापक उपस्थिति रहेको थियो ।
नायक रुद्र पाहिम, नायिका पबि तेम्बे र निर्देशक दिलिप फुरुम्बो हङकङ पुगेर थुप्रै दर्शकहरु सँगै बसेर हेरेका थिए ।

 

याक्थुङ मुन्चईत चोक सयङ हङकङका अध्यक्ष तथा कार्यक्रम संयोजक रबिन कुमार नाल्बो को प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रमको आयोजना गरि चलचित्र सेमे:वा प्रदर्शन गरिएको थियो ।

तेम्बे परिवार हङकङ,पाहिम परिवार हङकङ,
फुरुम्बो पालुङवा परिवार हङकङ आयोजनामा प्रदर्शन भएको चलचित्र सेमे:वा लाई हङकङ बासी दर्शकहरुले अत्यधिक मन पराएको प्रतिकृया दिएका थिए।
त्यसैगरी हङकङ पुगेका निर्देशक र कलाकार हरुलाई किरात याक्थुङ चुम्लुङ हङ्कङ, झापा हङ्कङ मन्च, फुरुम्बो पालुङ्वा समाज हङ्कङ, याक्थुङ मुन्चईत चोक सयङ हङकङ लगायतका संघ – संस्थाहरुले भब्य सम्मान तथा बिदाई गरेका थिए । त्यसैगरी कार्यक्रम आयोजक तथा संयोजक रबिन कुमार नाल्बो सहितको टोलीले कलाकार हरुलाई स्वागत तथा बिदाई गरेका थिए ।

हङकङ मा देखाउनुभएको माया प्रती अत्यन्तै आभारी हुँदै मायाको सदा ऋणी भएको निर्देशक दिलिप फुरुम्बोले महाकुलुङ सँग बताए।

करिब हप्ता दिनको बसाई पछि कलाकारहरु रुद्र पाहिम,पबि तेम्बे र निर्देशक फुरुम्बो आजै स्वदेश फर्किदैछन । उनीहरुलाई चलचित्र निर्माता,समाजसेवी,सफल ब्यबसायी रबिन कुमार नाल्बोले हङ्कङ एयरपोर्टमा बिदाई गरेका छन।

दिलिप फुरुम्बोको निर्देशनमा बनेको चलचित्रमा रुद्र पाहिम,पबि तेम्बे , कबिराज आङ्देम्बे,देबेन्द्र तुम्रोक,एन्जिला नेम्बाङ लगायत को अभिनय गरेका छन् |

लिम्बू मिथक सेमे:वा पु अर्थात सिफ्यु चरी को कथामा आधारित चलचित्र यसअघि नेपालका थुप्रै स्थानहरुमा भब्य रुपले प्रदर्शन भईसकेको छ।

चलचित्रको निर्माताहरु मनकुमारी खिम्दिङ , रामकुमार सम्बाहाङ्फे,कबिराज आङ्देम्बे,देबेन्द्र तुम्रोक,एन्जिला नेम्बाङ, कोपिला शाक्य, हस्तमाया फुरुम्बो,अम्बर योङ्हाङ,धनकुमारी लिङ्देन आदि रहेका छन।

सेमे:वा मा शाहिल लिम्बुको संगित ,
छायांकन महेन्द्र थापा,जीवन ताजपुरिया
नृत्य राज सेर्मा , द्वन्द्व धिरज परियार,
सम्पादन क्यामोदिन मिया , भि,एफ.एक्स कलर ग्रेडिङ समीर मिया ले गरेका छन।

प्रकाशित : १० असार २०८२, मंगलबार ००:००