Uncategorized

दिलिप फुरुम्बोको निर्देशनमा बनेको नयाँ चलचित्र “नामओती आगामी जेठ ३१ गते प्रीमियर शो हुँदै “


१३ जेष्ठ २०८२, सोमबार ००:००


जेठ १२,काठमाडौँ

लिम्बू संस्कृतिमा आधारित दिलिप फुरुम्बोको कथा तथा निर्देशनमा बनेको नयाँ चलचित्र नामओती को ट्रेलर सार्वजनिक गरिएको छ। थुप्रै कलाकर्मी, कलाकार,निर्देशक हरुको बाक्लो उपस्थितिमा उक्त ट्रेलर सार्वजनिक गरिएको हो।

चुनिखेल स्थित नाङजङ सेकुवा कर्नरमा एक कार्यक्रम बिच नामओतीको ट्रेलर सार्वजनिक गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथी याक्थुङ मुन्चईत चोक सयङका अध्यक्ष सागर केरुङको बाहुलीबाट ट्रेलर सार्वजनिक गरिएको थियो। कार्यक्रममा निर्देशक लोकेन साम्बा , निर्देशक सागर सुब्बा, ब्यबसायी समाजसेवी सलमान थलङ, होटल ब्यबसायी समाजसेवि शुरेश बराल, याक्थुङ लेखक संघ उपत्यकाका अध्यक्ष शनि लिम्बु , फक्ताङलुङ सांस्कृतिक मन्चका उपाध्यक्ष तारा थेबे लगायत बिशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो।

आउँदो जेठ ३१ गते बिहान १०:३० बजे कमलपोखरी स्थित सिटि सेन्टरको बिग मुभिजमा पहिलो पटक प्रीमियर शो गरिने भएकोले आयोजकको तर्फबाट भब्य उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ ।

चलचित्रमा टि आर सेनेहाङ , हाङ्मा थेबे, पुर्ण साँबा ,रुबिना श्रेष्ठ,डम्बर श्रेष्ठ,कुमारी लिङ्देन,हस्तमाया फुरुम्बो,इन्द्र सेर्पा,चन्द्रलाल थेबे,दुर्गा इङनाम लगायतले अभिनय गरेका छन ।

चलचित्रमा साहिल फुरुम्बो लिम्बुको सङ्गीत रहेको छ। छायांकन रामेश्वर हुमागाई ले गरेका छन भने द्वन्द्व धिरज परियार , नृत्य दिनेश माङमु,बिशेष गुरुङ को रहेको छ, गित दिपिप फुरुम्बोकै रहेको छ भने सम्पादन क्यामोदिन मियाले ले गरेका छन र कला भिएफएक्स समीर मियाको रहेको छ।
नाङजङ फिल्म्स प्रा.लि. को ब्यानरमा निर्मित
चलचित्र नामओतीको निर्माता हरुमा पदममाया इङ्नाम साम्ब्रा, डम्बर ब. श्रेष्ठ, दिलकुमारी पालुङ्वा, भिम थेबे, जानुका श्रेष्ठ, कुमारी मादेन ( लिङ्देन), हस्तमाया फुरुम्बो, दुर्गा इङनाम , लाल बहादुर नेयोङ , कल्पना आङ्बुहाङ, टेकराज तिगेला,चन्द्रलाला थेबे आदि रहेका छन।

नामओतीको ट्रेलर

प्रकाशित : १३ जेष्ठ २०८२, सोमबार ००:००