प्रदेश ५ का ४ जिल्ला बाँके , बर्दिया , दाङ र पाल्पाका सडकमा सहयोगापेक्षी भएर जीवन गुजार्दै आएका नागरिकलाई विगत लामो समय देखि निल सागर सेवा आश्रमले उद्धार गरिएको छ भने यश हप्ता निल सागर सेवा आश्रमले प्रदेश ५ सबै जिल्लामा अवलोकन तथा सडक सहयोगापेक्षीलाई उद्धार गर्ने निर्णय गरेको छ।
उद्धार कै क्रममा २०७७ पुस ११ रात्री १२ बजे निलसागर सेवा आश्रमकि सदस्य सिमा निलसागरको नेत्रत्वमा बाँके जिल्ला प्रहरी प्रमुख ओम बहादुर राना लगाएत आश्रमका सदस्य अनि सामाजिक अभियान्ताहरुको सहयोगमा नेपालगन्ज उप महानगरपालिकाका विभिन्न स्थानहरु जस्तै बागेश्वरी मन्दिर , बि पि चोक, गणेशमान सिंह चोक, सेतु बि क चोक, पुस्पलाल चोक, राझा एअरपोर्ट लगायतका ठाउँहरु बाट ७ जना अन्य क्षेत्र गरि हिजो मात्र २७ जनालाई सडक आश्रीत बुवामुवाहरु लाई उद्दार गरेको निलसागरका उपाध्यक्ष अमन सुवेदीले जानकारी दिनु भएको छ।
उद्धार गरिएका नागरिकको स्वास्थ्य तथा सरसफाईका लागि निलसागर सेवा आश्रममा रहेका स्वास्थ्यकर्मीहरुले बिशेष ध्यान दिइ निरन्तर स्वास्थ्य परिक्षण गरेको बुझिएको छ । एकै पटक तीन जिल्ला बाँके, बर्दिया र दाङबाट सँगै उद्धारमा लागेको निलसागर हिजो र अस्थि गरेर झण्डा ३०/४० जनाको उद्धार गरेको निलसागर उद्धार समितिले जनाएको छ।
यसैगरी उद्धार गरिएकामध्ये एकजना १०० बर्षको आमा दाङको भालुबाङ बाट उद्धार गरि दाङ जिल्लामा रहेको निलसागर सेवा आश्रममा आश्रय दिएको अध्यक्ष सरिता खनालले जानकारी दिनु भएको छ। उद्धारमा प्रत्येक पालिकाको समन्वय र प्रहरीको पनि सहयोग सँगै प्रधानमन्त्रीको पनि आदेश रहेको हुदा हामी हरेकदिन सडक उद्धारमा लागेको अध्यक्ष बताउनु हुन्छ ।
स्वयं प्रधानमन्त्री कार्यक्रम अन्तर्गत प्रदेशका ७ वटै प्रदेश र ७७ जिल्लालाई सडक सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानमा लाग्नु भएको छ। भने प्रदेश सरकारको आर्थिक वर्ष २०७७-२०७८ को निती तथा कार्यक्रमले समेत सडकमा बेसाहारा नागरिकको उद्धार र संरक्षण गर्ने लक्ष्य राखेको थियो ।











प्रतिक्रिया