काठमाडौं, ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ । सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर,ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले बताएका छन ।
उनले भने, ‘शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको रहेछ, अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ । परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो । त्यसक्रममा राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया