समाचार

विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप


१५ असार २०८३, सोमबार ००:००


१५ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिनको म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधानमन्त्री समेत रहेका पौडेललाई आज म्याद थपका लागि सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा पेस गरेको थियो ।

न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले म्याद थपको अनुमति दिएको हो । उनलाई आदेश बमोजिम न्यायिक हिरासतमा राख्न पठाइएको छ ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।

उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ ।

प्रकाशित : १५ असार २०८३, सोमबार ००:००