ललितपुर,१४ भदौ
आदिवासी जनजाति चलचित्र महोत्सव (NIFF) मा उत्कृष्ट कथा बिधामा अवार्ड जित्न सफल के: का निर्देशक सागर केरुङ लाई सम्मान गरिएको छ।
ललितपुरस्थित रेष्टुरेन्ट कुखुरी काँमा याक्थुङ मुन्चइत चोक सयङले एक कार्यक्रम गरि केरुङलाई सम्मान गरेको हो। 
सोही अवसरमा किरात याक्थुङ चुम्लुङ, हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङ्वा र कियाचु हङकङका सांस्कृतिक विभाग अध्यक्ष लोक आङबुहाङसँग मुन्चइत चोक सयङले भेटघाट कार्यक्रम समेत गरेको थियो ।
कार्यक्रममा गीतकार मीना सिंगक, कियाचुका सचिव तथा कलाकार यासेली योङहाङ, गायक तथा संगीतकार गायक मनी ताम्लिङ, निर्देशक हाङ चेम्जोङ, गायक संगीतकार राजशुक्र लिम्बू, पुष्पाञ्जली तिल्लिङ, निर्देशक रवि सेर्मा, कलाकार कृष्णराज नेम्बाङ, प्रभु कुरुम्बाङलगायतको उपस्थिति रहेको थियो। सम्मान कार्यक्रम को झलकहरु



















प्रतिक्रिया