अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका छन् । उनको नियुक्तिको विषयलाई लिएर मानिसहरूको धारणा विभाजित छ । दिग्गज कलाकार बोर्डमा आएपछि चलचित्र क्षेत्रमा सुधार हुन्छ भन्ने अपेक्षासहित केहीले उनलाई बधाई दिइरहेका छन् भने केहीले भने उनको चर्को आलोचना गरिरहेका छन् ।
मि टूको आरोप लागेका केसीलाई बोर्डमा नियुक्त गरेकोमा धेरैको असन्तुष्टि रहेको छ । सामाजिक सञ्जालमा महिला अधिकारकर्मीहरूले सरकारको यस कदम विरुद्ध आक्रोश व्यक्त गरिरहेका छन् ।
धेरैले केसीको नियुक्तिप्रति व्यङ्ग्य पनि गरेका छन् । मि टूको आरोप लागेका केसीलाई नियुक्त गरेपछि अब बलात्कारको आरोप खेपिरहेका पल शाहलाई त कतै सरकारले नियुक्ति दिने त होइन ?, उनीहरूको व्यङ्ग्य छ ।










प्रतिक्रिया