गृह पृष्ठ

अविरल वर्षासँगै आएको भेलले कार बगायाे


२१ श्रावण २०८२, मंगलबार ००:००


गुल्मीको डहरे खोलाले कार बगाएको छ । अविरल वर्षासँगै आएको भेलले सत्यवती गाउँपालिका वडानम्बर–६ उर्लीखोला स्थित डहरेखोलाले कार बगाएको हो। शान्तिपुरबाट बुटवलतर्फ आउँदै गरेको बीएए००१७ नम्बरको कार मंगलबार बिहान ११:४५ बजेको समयमा बगाएको प्रहरीले जनाएको छ। कार बगाएर खोलाले ५० मिटर तल पुर्‍याएको थियो।

स्थानीय र ट्याक्टरको सहायताले कार खोलाबाट बाहिर निकालिएको र मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पक्की पुल नहुँदा खोला प्रयोग गरेर आवागमन गर्नु पर्ने बाध्यताले कार बगाएको प्रहरीको भनाइ छ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार ००:००