२५ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि (मंगलबार)सम्मलाई स्थगित भएको छ । आज सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक भोलि सम्मलाई सूचना टाँस गरी स्थगित भएको जानकारी गराइएको हो ।
‘…१५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक विशेष कारणले उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली ०८३ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखले सभाको बैठक जेठ २६ गते मंगलबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया