काठमाण्डौ,‘भ्यालेन्टाइन डे’ अर्थात प्रेम दिवस नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा यसलाई विशेषगरी युवापुस्ताले अत्यन्तै हर्षोल्लास संग मनाएको पाईन्छ। इसार्पूव २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए ।
तर पादरी भ्यालेन्टाइनले राजाको आदेश अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको सोही दिनको सम्झनामा हरेक फेब्रअरी १४ तारिखलाई भ्यालेन्टाइन डे को रुपमा मनाइँदै आएको बताइन्छ ।
तर अहिले आएर आपसमा माया लाउने र माया खोज्नेहरुले उत्सवको रुपमा भ्यालेन्टाइन डे प्रेम दिवस युवायुवतीहरुले ठुलो उत्सबको रुपमा मनाउने चलन बढेर गएको छ ।
भ्यालेन्टाइन डे मा आफ्नो प्रेमिका प्रेमिकालाई विशेष उपहार र कसम खाएर मनाउने चलन छ भने प्रेमी प्रेमिका नहुनेहरुले आफुले मन पराएकाहरुलाई प्रेम प्रस्ताव राख्ने अवसरको रुपमा सदुपयोग गर्ने गर्छन । माया गर्ने र लाउनेहरुको उत्सवको रुपमा रहेको भ्यालेन्टाइन डे युवायुवतीहरुले विशेष पर्वको रुपमा मान्दै आएको छ ।
शहर बजारमा केन्द्रीत भ्यालेन्टाइन डे प्रेम दिवस गाउँघरहरुका युवायुवतीहरुले पनि विशेष प्राथमिकता दिएर मनाउन थालेका छन । गाउँघरका युवायुवतीहरुले मेला, विद्यालय, नजिकैको मनोरम स्थानहरुमा गएर आफ्ना प्रेमी प्रमिकाहरुलाई उपहार दिएर प्रेम प्रस्ताव राखेर मनाउने गरेका छन ।
भ्यालेन्टाइन डे मनाउने युवा युवतीहरुको संख्या बढनुमा विपरित लिङ्गप्रति आकर्षणलाई सार्थकता दिनका लागि बढदो सूचनाको प्रविधिको विकासले पनि ठुलो टेवा दिएको छ । नयाँ जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरु लागि प्रणय दिवसलाई उत्तम साइतका रुपमा लिने गरिन्छ ।
पश्चिमा मुलुकहरुबाट शुरु भएको यस दिवस हाम्रो देशको ठुला शहर हुदै गाउँघरका कुना कन्लाहरुमा पनि मनाउने प्रचलन बढेको छ । हाम्रा गाउँघरहरुमा प्रणय दिवस मनाउने चलन निकैँ झाँगिएको छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।
यो प्रणय दिवस सँग विभिन्न खाले कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न खाले तथ्यहरु पनि छन् । कतिपय तथ्यहरु हामीले नसुनेका पनि हुनसक्छौँ र सुन्दमै रोचक पनि लाग्न सक्छ । भ्यालेन्टाइन डे को दिन विश्वको औषतमा २ लाख २० हजार जना मानिसले आफ्नो पार्टनरलाई बिहेको प्रस्ताव गर्दछन् ।
प्रेमको प्रस्ताव गर्नेहरुको संख्याको त गणना नभएको जानकारहरु बताउँछन। प्रेमीप्रेमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब साटासाट गरी मनाउने गर्छन । भ्यालेन्टाइन डे कै दिन औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन पनि युवापुस्तामा रहेको छ । पश्चिमा सँस्कृति भए पनि हामी कहाँका युवायुवतीहरुमा पनि यसको महत्व निकै बढेको छ ।
बिशेषगरी पार्क तथा मन्दिरहरुमा युवा युवतीहरुको भिड लाग्ने गरेको छ । भ्यालेन्टाइन डे का लागि आफ्नो प्रेमीलाई दिने उपहार किन्नका लागि विभिन्न गिफ्ट सेन्टरमा युवायुवतीहरुको चहलपहल देखिन्छ । गिफ्ट पसलहरुमा युवायुवती गुलावसहितका विभिन्न प्रेमभाव झल्काउने उपहार किन्नमा व्यस्त देखिन्थे ।
अहिलेका युवा युवतीहरुले सामाजिक सञ्जाल फेसवुक, ट्वीटर तथा स्काइपका प्रयोग गरी प्रेम प्रस्ताव राख्ने प्रचलन बढेको छ । यस्ता सामाजिक सञ्जालहरुको माध्यमले युवायुवतीहरुलाई निकै सजिलो समेत बनाएको छ । भ्यालेन्टाइन डे लाई युवायुवतीले मात्र विशेष प्राथमिकता दिएर मनाउने गरेका छन ।
तर यसलाई युवायुवतीहरुले मात्रै मनाउने हो, भन्ने नसोची साथीभाई, दिदिबहिनी, आमाबाबा लगायतका हरेक मन पर्ने व्यक्तिसंग मनाए यसको महत्व झन बढने थियो । त्यसैले प्रेम दिवसलाई सकरात्मक लिएर दिवसको रुपमा मनाउन सके विकृति पनि रोकिन्थ्यो ।
प्रेमको बहानामा भ्यालेन्टाइन डे लाई मात्रै बुझनु वा मनाइनु पनि राम्रो हुदैन । यसलाई एकअर्कावीचमा प्रेमभाव बढाउनका लागि मनाउन सके झन राम्रो हुने थियो । अर्को नेपालको आफ्नै मौलिक परम्परा र संस्कृतिलाई छोडदै यसलाई प्राथमिता दिनु पनि उचित हुदैन । यसलाई एकआपसमा माया स्नेह र सद्भावको रुपमा मनाउन सके राम्रो हुन्छ ।
भ्यालेन्टाइन डे लाई महङ्गा उपहार र ठुला ठुला होटल रेष्टुरेन्टहरुमा वियर र रक्सीको चुस्कीसंग मनाउने विकृतिको संस्कारलाई पनि बढवा दिनु हुदैन । हामीले खोजे र रोजेको प्रणय दिवस भनेको हाम्रो मौलिक पहिचान र संस्कारलाई नर्विसी एक आपसमा प्रेमभाव बढाउनका लागि उत्सव मनाउ सके धेरै राम्रो हुने थियो ।










प्रतिक्रिया