१४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित

२९ जेठ, काठमाडौं । दोस्रो हाफमा १४ मिनेटमा दुई गोल फर्काउँदै दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जितसहित फिफा विश्वकप २०२६ मा सुखद सुरुवात गरेको छ । मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो । दक्षिण कोरियाले चेकियाविरुद्ध विश्वकपमा पहिलो जित हासिल गरेको हो…