काठमाडौँ, चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ । चीनसँग नेपालको १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । नेपाल–चिन सिमाना जोडिएका ४ वटा जिल्लामा अध्यागमन कार्यालय छ । रसुवा जिल्लास्थित रसुवागढी, मुस्ताङको कोरला, हुम्लाको हिल्सा र सिन्धुपाल्चोक स्थित तातोपानीमा अध्यागमन कार्यालय सञ्चालन गरिएको छ । दार्चुलाको तिंकरमा अध्यागमन कार्यालय खोल्ने तयारी भइरहेको…