इजरायल सरकारद्वारा युद्धविराम सम्झौता अनुमोदन

काठमाडौं, इजरायली मन्त्रिपरिषद्ले हमाससँग भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता अनुमोदन गरेसँगै आइतवारबाट त्यो कार्यान्वयनमा आउने बाटो खुलेको छ। शुक्रवार राति अबेरसम्म चलेको घण्टौँको छलफलपछि उक्त निर्णय आएको हो। यसअघि उक्त सम्झौतालाई अनुमोदन गर्न इजरायलको सुरक्षा क्याबिनेटले सरकारलाई सिफारिस गरेको थियो। जसमा सम्झौताले “यस युद्धको उद्देश्य अन्तर्गतको उपलब्धीलाई साथ दिने” उल्लेख गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको…