बाजुरामा भूकम्पबाट आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति

बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका गोत्री केन्द्रबिन्दु बनाएर शनिबार बिहान गएको पाँच दशमलव दुई रेक्टर भूकम्पबाट भएको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गरिएको छ। नौवटै स्थानीय तहमा खटिएर सुरक्षाकर्मीले संकलन गरेको तथ्यांकअनुसार आठ घर पूर्ण रूपमा र केहीमा आंशिक क्षति भएको विवरण सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराले दिएको जानकारीअनुसार बूढीनन्दा नगरपालिका-२ मा स्थानीय कल्पना बुढाको…