राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएकाे छ । काठमाडौँबाट विमानमार्फत चितवन लगिएकाे लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बयानका लागि आजै सरकारी वकिलको कार्यालय लैजाने प्रहरीको तयारी रहेकाे छ । चितवन साहारा बहुउद्धेश्यिय सहकारी संस्थाको बचत रकम ठगीको मुद्धामा बयान लिन लामिछानेलाई चितवन लगिएकाे हो । लामिछानेलाई चितवन लगिने क्रममा सुरक्षाका…