काठमाडौं, भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान हुने भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले झापाको मेचीनगर–१३ चारआलीबाट उनलाई पक्राउ गरेको थियो । पक्राउ परेका फुयाँललाई सीआईबीको कार्यालय लाजिम्पाटमा ल्याइसकिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । प्रहरीको…