भौतिक पूर्वाधार विकास मन्त्रालयको २ अर्ब ३९ करोड बढी रकम बेरुजु

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको बेरुजु दुई अर्ब ३९ करोड रुपैयाँभन्दा बढी देखिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईले आइतबार सार्वजनिक गरेको विवरणमा असुल गर्नुपर्ने बेरुजुमात्रै ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ रहेको छ । यस्तै मन्त्रालयको जम्मा बेरुजु दुई अर्ब ३९ करोड आठ लाख ८० हजार सात सय रुपैयाँ छ…