इन्द्रावती नदीमा आएको बाढीले ६ जना बगायो

आज बिहानदेखि अबिरल परेको पानीले सिन्धुपाल्चोकको मेलम्ची खोला (इन्द्रावती नदी) मा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ ।…