काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले बिहीबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले आन्तरिक रोजगारको बृद्धि गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने भएकाले श्रमिकहरुलाई पूर्णअधिकार सम्पन्न गराएर रोजगारी बृद्धि गर्ने गरि…