काठमाडौं, बुधबार सर्वोच्च अदालतले तत्कालीन केपी ओली नेतृत्वको सरकारले गरेको संवैधानिक नियुक्ति विवादमा संवैधानिक इजलासमा सुनुवाइ गर्ने पेशी तोकेको थियो। चार वर्षअघि ओली प्रधानमन्त्री हुँदा दुईपटक गरी ५२ जनालाई अख्तियासहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरिएको थियो। ती नियुक्ति गैरकानुनी रहेको दाबी गरी अधिवक्ता ओमप्रकाश अर्यालले २०७७ पुस १ गते पहिलो रिट निवेदन दायर गरेका थिए।…