काठमाडौं, चितवनको भरतपुर पनि तनावग्रस्त बनेको छ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले भरतपुर महानगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेपछि भिडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए । एक हजारदेखि १५ सयको संख्यामा रहेका जेनजीहरूले ढुंगामुढा गर्दै भरतपुर महानगरपालिकाको कार्यालय तोडफोडको प्रयास भएपछि अश्रुग्यास…