कालीकोटको पलाँता गाउँपालिका–३ को राडीनेटामा भएको जिप दुर्घनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमा सुर्खेत ल्याइएको छ। दुर्घटनामा घाइते भएकालाई हेलिकप्टरबाट उपचारका लागि सुर्खेत ल्याइएको हो। घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार कालिकोटको पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको…